नेकपा एमालेका महासचिव माधवकुमार नेपाललाई हराउंदै काठमाडौ क्षेत्र न. २ बाट नेकपा माओवादीका झक्कुप्रसाद सुविदेले विजयी हात पार्नुभएको छ ।
109 views since 2008-04-12
नेकपा एमालेका महासचिव माधवकुमार नेपाललाई हराउंदै काठमाडौ क्षेत्र न. २ बाट नेकपा माओवादीका झक्कुप्रसाद सुविदेले विजयी हात पार्नुभएको छ । महासचिव नेपाललाई पराजित गर्न सुवेदीले १३ हजार ८ शय ८५ मत प्राप्तगर्नुभएको थियो । उहांका प्रतिद्धन्दी महासचिव नेपालले १२ हजार ३ सय २४ मत मात्र प्राप्त गर्नुभयो । विजय पछि माओवादी नेता सुवेदीले चुनाव अगाडी एमालेले प्रर्दशन गरेको घमण्ड चक्नाचुर भएको प्रतिक्रिया दिनुभएको छ । सुवेदीको जितलाई सबैले आश्चर्य मानेका छन् । उता यसअघि काठमाडौ जिल्लामा वलियो पकट रहेको एमालेको यो चुनावमा याहां कुनै पनि सिट प्राप्त नगर्ने प्राय निश्चित बनेको छ । उपत्यका लगायत एमालेले देशभर ठूलो क्षेति वेहोर्ने प्रारम्भिक मत परिणामले देखाएको छ । ANA २०६४ चैत्र ३०
| URL: | http://www.ananepal.com |
|---|---|
| Tags: |





(0 results)